Title: अभाब टार्न सकिन
Category: गजल
गरिबिको अभाब टार्न सकिन
भत्कियो घर बार्न सकिन
बर्षउ बितिसक्यो प्रदेशमै
परिवारको दु:ख सार्न सकिन
भोकानाङा देखी चस्किन्छ छाती
सन्तानलाई खुशी पार्न सकिन
कल्पनाको संसार मात्र सजाए
झुप्रो बाट महलमा सार्न सकिन
जती सँगर्श गरेपनी यस्तै भो
कर्मै खोटो रैछ नकार्न सकिन
Posted By
कल्पना पौडेल "जिज्ञासु"
on 7/5/2012