Title: तिमीले पठाएको सुको पैसा
Category: गजल
तिमीले पठाएको सुको पैसा पाकी छैन मैले
चुहुनै लाग्यो घरको झुप्रो छाकी छैन मैले
कमजोरिले बिरामी भएर थला परेकिछु
बैद्य सँग जचाउन पनि गाकी छैन मैले
पोहोर सालको धोती टाल्दाटाल्दै फाटिसक्यो
नयाँ गुन्यु चोली किनी लाकी छैन मैले
बर्षा लाग्यो खहरे खोला उर्लेर आएकोछ
मुजुरा गर्न पल्लो गाउ धाकी छैन मैले
अर्मपर्म गर्न पनि सकेकि छैन बिरामीले
धेरै दिन भो पेटभरी खोले खाकी छैन मैले
Posted By
कल्पना पौडेल "जिज्ञासु"
on 7/7/2012