Title: हातको चुरा कहिल्यै
Category: गजल
हातको चुरा कहिल्यै नफुटोस छोरी
अटुत बन्धन कहिल्यै नटुटोस छोरी
जन्माए हुर्काए कन्यादान गरिदिए
सिरको सिन्दुर कसैले नपुछोस् छोरी
पराइघरलाई रिझाएर आफ्नो बनाउनु
आफन्तको आभास कहिल्यै नछुटोस छोरी
हरकदम होसियारले पाइला बडाउनु
तिम्रो सौभाग्य कसैले नलुटोस छोरी
दिनुपर्ने छोरीको जात कुतुम्बको हातमा
गलाको मंगल्सुत्र कहिल्यै नचुडियोस छोरी
तिमीले देखेका सबै सपना पुरा होउन
यात्रामा कुसाइत कहिल्यै नजुरोस छोरी
बाउ आमाको नाम सधैं उच्चा राक्नु
बिना दोसमा कसैले नकुटोस छोरी
Posted By
कल्पना पौडेल "जिज्ञासु"
on 7/12/2012