Title: हराभरा तिम्रो जिबन
Category: गजल
हराभरा तिम्रो जिबन मैले सुकाएछु
कन्जुसिमा अलिकती माया लुकाएछु
बाटोमा भेट हुँदा नबोलेर हिड्यौ तिमी
अन्जानमै मैले तिम्रो मन दुखाएछु
सानै गल्ती भएपनी मैले माफि माग्छु
सत्रुहरुको सामु तिम्रो सिर झुकाएछु
भत्काउने र बिगार्नेको कमी छैन यहाँ
अरुको कुरा सुनी बेकारमा मन बिगारेछु
पछुताउदै तिमीलाई नसम्जेको पल छैन
कसिएर बाधियको मनको डोरी फुकाएछु
Posted By
कल्पना पौडेल "जिज्ञासु"
on 7/12/2012