Title: जिउदै लास परेकिछु
Category: गजल
जिउदै लास परेकिछु कराउन छोडिदेउ
जलेको दिलमा मत्तितेल खनाउन छोडिदेउ
कल्पनामा जिएकी थे एथार्थता बल्ल चिने
अतित सम्झाइ फेरी मलाई झस्काउन छोडिदेउ
मायाको सही अर्थ नचिन्नेलाई मुटु दिए
धिकार्दैछु हिनताबोध गराउन छोडिदेउ
जती कोशीश गरे पनि यो मन मरिसक्यो
बालुवामा फुल रोपी फुलाउन छोडिदेउ
बगेको खोला कहिलै पनि माथितिर फर्कदैन
टुक्रियको सिसा जोडी महल बनाउन छोडिदेउ
Posted By
कल्पना पौडेल "जिज्ञासु"
on 7/12/2012