Title: फुलेका रहरहरु कुवाएर
Category: गजल
फुलेका रहरहरु कुवाएर मार्नु परेकोछ
स्त्री जात नहु हर मूड्मा हार्नु परेकोछ
मानिस् नहु मेरापनी कैयौ सपनाहरु छन
कुनै दिन त पुरा होलान भनी टार्नु परेकोछ
सिखरलाई छुन हिन्दा हिन्दै थाकिसके
आँफैले आत्मबल थपी खार्नु परेकोछ
आसुमा डुब्दै अरुलाई मुस्कान बाडेर
बेथा पिडा आफ्नै भागमा पार्नु परेकोछ
सफलताको सिखरमा अबस्य पुग्छु भन्दै
सान्तोनाले आकाशबाट तारा झार्नु परेकोछ
Posted By
कल्पना पौडेल "जिज्ञासु"
on 7/27/2012