Title: अन्तिम सास रहदा सम्म
Category: गजल
अन्तिम सास रहदा सम्म नजरले खोजिरह्यो
वाक्य बस्नु अघी उस्लाई पलपल सोधिरह्यो
हुरी बतासले फुलहरु झारेपनी बगैचामा
मग्मगाउदो सुबाशले उनैलाई नै रोजिरह्यो
बर्सिन मन थ्यो उस्लाई बर्षामा झरीबनी
तर सधैंभरी हिस्सामा मरुभुमी परिरह्यो
भाबनामा बहकिएर मुरु भित्र पस्न खोज्दा
सन्खालु नजरले उसैलाई नै हेरिरह्यो
उर्लेको मायाको बेग थमाउने मन खोज्दा
ताप बाट भित्र भित्रै ज्वाला बनी जलिरह्यो
Posted By
कल्पना पौडेल "जिज्ञासु"
on 7/27/2012