Title: जाउ मेरो याद बाट
Category: गजल
जाउ मेरो याद बाट
खाली गर्देउ मनको बास
खोइरो खन्यौ भित्र भित्र
भाबनाको सत्त्या नाश
सियो बनी दिलमा पसी
छेद खनी च्यास्स च्यास्स
माया गर्छु मलाई भनी
अरु सँग रैछ लसपस
अब छैन मेरो मनमा
पुरुषको कुनै आस
जोड्दै तोड्दै पटक पटक
हिर्दए भो जिउदो लास
Posted By
कल्पना पौडेल "जिज्ञासु"
on 7/27/2012