Title: चुडिएर गयो माया मेरो
Category: गजल
चुडिएर गयो माया मेरो गास्न खोजेथे
बेदनाले आसु बगे म त हास्न खोजेथे
अन्तस्करन भित्रै बिलिन भए सपनाहरु
थोपा थोपा सँगालेर मैले साच्न खोजेथे
मरे तुल्य भएकिछु उ बिनाको जिन्दगीमा
रमाउदै उनी सङै आजिबन बाँच्न खोजेथे
बाहुपास नै रित्तियो मन्द हुँदै धुक्धुकी
सदाको लागि हिर्दएमा टास्न खोजेथे
आत्मबाट प्रेम धुनको संगीत गुन्जाएर
मायाको तालमा उनै सँग नाच्न खोजेथे
Posted By
कल्पना पौडेल "जिज्ञासु"
on 7/27/2012