Title: सुसेलिले बोलाउनु पर्खिन्छु
Category: गजल
सुसेलिले बोलाउनु पर्खिन्छु म दोबाटोमा
सुस्तरी सुस्साउनु पर्खिन्छु म दोबाटोमा
सबैको नजर बचाएर् निस्कनु है घरबाट
कत्तिपनी नडराउनु पर्खिन्छु म दोबाटोमा
मध्यरातमा निस्कनु सबै जना सुतेपछी
लाईट बाल्दै आउनु पर्खिन्छु म दोबाटोमा
भोली तिमीलाई नदेक्ता सबैलाई हैरान हुन्छ
पत्रमा लेखी सम्झाउनु पर्खिन्छु म दोबाटोमा
चोखो मायाको जित हुन्छ पछी स्वीकार्ने छन
तिमी आसु नबगाउनु पर्खिन्छु म दोबाटोमा
Posted By
कल्पना पौडेल "जिज्ञासु"
on 7/27/2012