Title: तिमी बिना ढलेन यो रात
Category: गजल
तिमी बिना ढलेन यो रात
रोकियो प्रहर चलेन यो रात
रुदै कोल्टो फेर्दा भिज्यो सिरानी
घट्दैन् प्रहर गलेन यो रात
बर्बराउदै झस्किए निद्रामै
सपनाले पनि छलेन यो रात
प्रतिक्षामै रहे बितेन समय
क्षितिजको लालिले जलेन यो रात
बिछोडमा सधैं अध्यारो सएन
जुनेलीमा पनि बलेन यो रात
Posted By
कल्पना पौडेल "जिज्ञासु"
on 7/27/2012