Title: मायाको स्वाद मात्रै चाखेर
Category: गजल
मायाको स्वाद मात्रै चाखेर छोड्यौ
अङालोमा केहीबेर राखेर छोड्यौ
तिखो बाणले हानेको भए सहन्थे
सिखारिले झै जालमा पारेर छोड्यौ
जूनीभर साथ दिने थियो बाचाकसम
दुई दिनको पिरतिमै थाकेर छोड्यौ
नहुने माया रैछ अचाक्ली गरेकोथ्यौ
बिच बाटोमा मोटर् झै हाकेर छोड्यौ
साथ नदिनेले मन सँग किन खेल्नु
पछेउरिले सारा गल्ती ढाकेर छोड्यौ
Posted By
कल्पना पौडेल "जिज्ञासु"
on 7/27/2012