Title: धनको लोभमा मातापिता
Category: गजल
धनको लोभमा मातापिता बेचिने आयो जमाना
चेलीबेटी भिर्कुटी र् सिता बेचिने आयो जमाना
कलियुग लागेर होला नास्तिकता बडेको छ
पूजारिले हिन्दूग्रन्थ गीता बेचिने आयो जमाना
पैसाको लोभमा आफ्नो अस्तित्व नै गुमाएर
बजार भाउ गरी अस्मिता बेचिने आयो जमाना
मान्छेको किनबेच हुन्छ कुरा गरी साद्धे छैन
धाटमा लास सँगै चिता बेचिने आयो जमाना
सम्पतीको लालचमा रगतको मुल्य तोकी
खाडी मुलुकहरुमा ठिटा बेचिने आयो जमाना
Posted By
कल्पना पौडेल "जिज्ञासु"
on 7/27/2012