Title: झुटो अर्थी दिनेलाई आफ्नो ठान्छन
Category: गजल
झुटो अर्थी दिनेलाई आफ्नो ठान्छन मान्छेहरु
पछाडि बाट पिथ्युमा छुरा हान्छन मान्छेहरु
कस्को मनमा के छ बुज्नै गारो हुने
झुटा बाचा कसमहरु किन खान्छन मान्छेहरु
यो स्वार्थी संसारमा विश्वाश गर्नै गाह्रो छ
सँगै हिद्दा हिद्दै पनि खुट्टा तान्छन मान्छेहरु
सडयेन्त्र रच्छन मानिस् मानिसको बिचमा
निर्दोशिलाई सजाए दिन छान्छन् मान्छेहरु
कही कतै रोदनको चित्कार सुन्दा पनि
गीतको मिठो संगीत झै मान्छन मान्छेहरु
हिंड्न् खोज्दा खोज्दै सत्यको पक्च्यमा
असत्य्को मार्गतिर तान्दै लान्छन मान्छेहरु
Posted By
कल्पना पौडेल "जिज्ञासु"
on 7/27/2012