Title: टाडिए पछी पनि तिम्रो माया
Category: गजल
टाडिए पछी पनि तिम्रो माया युगिन भएछ
मैले कहिल्यै पनि तिर्न नसक्ने रिन भएछ
तिमी थियौ साथमा र त म हासेकी थिए
तिमी बिना आज मुटु धड्कन बिहिन भएछ
सङै थियौ हामी र त बाच्नुको अर्थ थियो
बियोगमा आज प्राण माटो मुनी बिलिन भएछ
अचानक सपनाहरु सिसा झै फुट्टाखेरी
हरियाली जिबन मेरो आज बिरङिन भएछ
शोचेकि थिइन यसरी आज छुट्टीनु पर्ला भनी
खुशीले हासेको तिमीसङै अन्तिम दिन भएछ
Posted By
कल्पना पौडेल "जिज्ञासु"
on 7/27/2012